सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा २७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २७४ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ जना रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »