सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा ३५ जनाकाे मृत्यु,अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको १२ हजार ५ सय ९७ पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

२४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

२४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ। बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्।

सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन।

कोरोना भाइरस (कोभिड(१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ।

भर्खरै

सम्बन्धित खबर

Language »