सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा ४५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढि रहेका छन् । २४ घण्टामा ४५ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ४३ सय ६४ र हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० गरेर ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र १९ सय ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण २४ घण्टामा मात्र १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये १७ सय ७४ महिला र २५ सय ९० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालका कुल संक्रमितको संख्या तीन लाख ७९ हजार २५ पुगेको छ । जसमध्ये दुई लाख ७८ हजार ६ जना निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार १९४ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् ।

पीसीआर परीक्षण गरेकामध्ये १२ दशमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भउको छ भने पोजेटिभमध्ये १.१ प्रतिशत मृत्युदर रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »