सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घन्टामा थपिए ४२५ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ५,७६० पुग्यो

काठमाडौं । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् भने १९ जनाले ज्यान गुमाएका छन्।

बिहीबार मात्रै २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २लाख १० हजार७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्।

यस्तै आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र ९७ महिला रहेका छन्। नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »