सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घन्टामा २७९ नँया संक्रमित थपिए,नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं । मुलुकमा थप २ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो । थपिनेमा २ सय ५७ पुरुष र २२ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ मंगलबार मात्र ३२३ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन्

सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »