सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घन्टामा ३७ सय ४९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुग्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »