सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२६ किलो अफिमसहित पाँच जना पक्राउ

जाजरकोट। जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।

जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुलाई अफिमसहित पक्राउ गरेको हो।

त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ जलिगार्डबाट १६ किलो अफिमसहित तीनज पक्राउ परेका छन्।

नलगार्ड नगरपालिका–९ बस्ने ३७ वर्षीय प्रेमबहादुर सिंहसहित तीन जना पक्राउ परेका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »