सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८८ नँया संक्रमित थपिए,नेपालमा कोरोन संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।थपिनेमा २ सय ७० पुरुष र १ महिला छन् । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।

मंगलबार मात्र पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ ।

यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »