सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८ अङ्क आईजीपी ज्ञवालीको लक्की नम्बर

काठमाडौँ , नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएकोथियो।

बाबु नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा ठाकुर हालका आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेपनि त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमाराखेपछि उनको नियुक्ति पर धकेलिएको थियो।

हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका ज्ञवाली आईजीपी हुनु अघि प्रदेश १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।

२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए। एसएसपी हुँदा प्रहरी महानिरीक्षकको

सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा,महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए।

कुनैपनि आर्थिक विवादमा नआएका उनी सञ्चारमाध्यमसँग त्यति नखुल्ने अनुदार स्वभावको अधिकृतका रुपमा चिनिन्छन्। उनी माथी सानो घेरामा बसेर काम गर्ने आरोप पनि लाग्ने गरेको छ।

उनका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि प्रहरीमै एसएसपी छन्।

२८ अंकको संयोग
नवनियुक्त महानिरीक्षक ज्ञवालीको अंक २८ सँग निकै ठूलो सम्बन्ध रहेको देखिन्छ। असोज २८ गते जन्मिएका उनी एसएसपीदेखि आईजीपी हुँदासम्म सबै २८ नै गते भएका छन्। उनीएसपीबाट एसएसपी २०७३ असार २८ गते भएका थिए भने एसएसपीबाट डीआईजीमा बढुवा २०७५ असोज २८ मै भएका थिए। यस्तै उनी आईजीबाट आईजीपी पनि २०७६ माघ २८ मैभएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »