सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा ३२ बर्षे युबक पक्राउ

रोल्पा । रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका-७ को एक गाउँकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षका एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बालिका घरमै रहेको बेला बलात्कार गरेको आरोपसहित जेठ २९ गते युवकलाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय होलेरीमा जाहेरी दिएका थिए। बालिका घरमै रहेको बेला जेठ २८ गते छिमेकी नातेदार पर्ने युवकले बलात्कार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो।

जिल्ला अस्तपताल रेउघामा बालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको छ। स्वास्थ्य परिक्षण प्रतिवेदनमा बालिकाको हाइमन च्यातिएको र रगत बगेको फेला परेको जनाईएको छ। पछिल्लो समयमा बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

जिल्ला अदालतबाट म्याद थप भई पक्राउ परेका युवामाथि थप अनुसन्धान भइरहेको प्रनाउ चित्रबहादुर गुरुङले जनाए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आरोति युवकले अपराध हुन पुगेको स्वीकार गरेका छन्। युवकको पत्नीको केही वर्ष अघि मृत्यु भएको जनाइएको छ। ‘घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ’ प्रनाउ गुरुङ भन्छन्। विस्तृत अनुसन्धानपछि अदालतमा मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले राय सहित प्रस्ताव पेश गर्नेछ।

भर्खरै

सम्बन्धित खबर

Language »