सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२ बजे मन्त्रिपरिषद् बैठक, लकडाउनबारे निर्णय हुने,लकडाउन अझै लम्बिने सम्भावना

काठमाडौँ। जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्‍को बैठक दिउसो २ बजे बस्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउन बारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ ।

एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाइएको बैठकले स्वरुप फेरबदल गरेर भए पनि जारी लकडाउनलाई अझै केही समय लम्ब्याउने सम्भावना रहेको स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले पनि लकडाउन हटाउन नहुने निष्कर्षसहित सरकारलाई आवश्यक निर्णय लिन प्रस्ताव गरेको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो। समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको प्रतिबन्ध पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । संक्रमण देखिएका ठाउँमा कडाइ गर्दै अन्य केही क्षेत्र भने खुकुलो पार्न सकिनेबारे पनि छलफल हुने जनाइएको छ ।

संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको समितिका एक सदस्यले बताए। तर, उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ।

भर्खरै

सम्बन्धित खबर

Language »