सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा

काठमाडौँ। लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने गरी सर्वोच्च अदालतले फैसला गरेको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्चका सबै १९ जना न्यायाधीशको इजलासले गरेको यो एक ऐतिहासिक फैसला हो । सर्वोच्चको इतिहासमा सम्भवतः सबै न्यायाधीश उपस्थित भइ गरेको यो पहिलो फैसला हो ।

यस फैसलासँगै तारेख, पेशी, हदम्याद सम्बन्धी विवाद सल्टिएको छ । जस अनुसार सरकारले लकडाउन खुला गरेको ३० दिनभित्र सेवाग्राहीले थाती रहेका मुद्दाका लागि तारेख, पेशीका लागि अदालतमा उपस्थित हुन पाउने व्यवस्था गरिएको छ । अर्थात् लकडाउन खुलेको एक महिनाभित्र अदालत उपस्थित हुने सेवाग्राहीले हदम्यादको सुविधा पाउनेछन् । उनीहरुको रोकिएको वा थाती रहेको मुद्दा प्रक्रिया सुचारु हुनेछ ।

काठमाडौँ बाहिर प्रदेश र जिल्लाको हकमा पनि यही सुविधा लागु हुनेछ । बिहीबारको वृहद् फैसला ५२ पृष्ठ लामो छ ।

भर्खरै

सम्बन्धित खबर

Language »