सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत: प्रदेश २

जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ ।

यो बजेट चालू आर्थिक बर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख रुपैयाँ कम हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेटको स्रोतमा राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट आउने विभिन्न अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख र चालू आर्थिक वर्षको खर्च हुन बाँकी रकमबाट ६ अर्ब ९१ करोड २२ लाख, २९ हजार रुपैयाँ रहने मन्त्री यादवले बताए । यति गर्दा कुल बजेटमा अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने मन्त्री यादवले बताए ।

आगामी आर्थिक बर्षमा पनि सांसद विकास कोष अर्थात् निर्वाचन विकास क्षेत्रलाई निरन्तरता दिइने भएको छ । यसका निम्ति २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश प्रहरी गठन र त्यसको भौतिक संरचना निर्माणका लागि ३९ करोड २५ लाख विनियोजन गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

भर्खरै

सम्बन्धित खबर

Language »