सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३८ वर्षीय पुरुषको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुर सिल

काठमाडौं। प्रादेशिक अस्पताल, जनकपुरको आईसीयू र आकस्मिक कक्ष सिल गरिएको छ ।

धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि आईसीयू र आकस्मिक कक्ष सल गरिएको हो ।

ज्वरो, खोकी, श्वासप्रश्वासलगायतका लक्षण देखिएपछि प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उक्त युवकको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आईसीयूमा राखिएको थियो ।

स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारको लागि उनलाई प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो । तर, थप उपचारको लागि एम्बुलेन्समा धरान लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

मृत्यु भएको दुई घण्टापछि उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले जिल्ला सुरक्षा समितिको बैठकले प्रादेशिक अस्पतालको आईसीयू सात दिन र आकस्मिक कक्ष २४ घण्टा सिल गर्ने निर्णय भएको जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »