सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ नं. प्रदेशकाे ”बाग्मती” नामकरण स्वीकारदैनाै: प्रविन बल (महासचिव)

काठमाडाैँ । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलले ३ नं. प्रदेशकाे नाम ”बाग्मती” राखेकाेमा आपत्ति जनाएकाे छ ।

”नेवा-ताम्सलिङ” नामाकरण हुनु पर्ने माग राख्दै उहाँले नेपाल राष्ट्रिय तामाङ घेदुङकाे आधिकारीक धारणा सार्वजनीक गरेका छन् ।

”३ नं. प्रदेशकाे नाम ”नेवा-ताम्सलिङ” हुनु पर्छ, हामीलाई बाग्मती स्वीकार्य छैन । राजधानी भुगाेलकाे आधारमा जतासुकै परोस् तर पहिचान सहितकाे ”नेवा-ताम्सलिङ” नामाकरण हुनुपर्छ अनि मात्र हजाराैं सहिदहरूकाे सपना साकार हुनेछन् । अन्यथा याे जनयुद्धकाे नाममा नेपाली जनता र जनजातिहरू माथिकाे धाेका हाे ।” पत्रकार माेहन कार्कीसँग सारा खबरकाे संवाद डबलीमा उहाँले बताउनु भयो ।

”नेवा-ताम्सलिङ” नामाकरण नगरेरआदिवासी जनजाति तथा पीडित खस, आर्य र क्षेत्रिहरू माथि नेकपा सरकारले धाेका दिएकाे महासचिव बलले बताए ।

३ नं. प्रदेशकाे जनता माथि धाेका दिने नेताहरूलाई समाजबाट नै बहिष्कार गर्न उहाँले सबैलाई आह्वान गर्नु भएकाे छ ।


बाँकी याे भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »