सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ महिनाको भाडा नलिने मनकारी घरबेटी – हाजी हलवाई

नेपालगञ्ज,नेपालगञ्जका एकजना घरधनीले तीन महिनाको घरभाडा मिनाह गर्नुभएको छ । कोरोना भाईरसका कारण पसल ब्यवसाय बन्द भएपछि घरबेटीले ३ महिनाको भाडा मिनाह गरिदिनुभएको हो ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ गणेशपुर चौकमा रहेका ७ वटा सटरको भाडा घरबेटी हाजी इम्तियाज अहमद हलवाई र उहाँको दाजु हाजी सब्बिर महमुद हल्वाईले मिनाह गर्नुभएको हो ।

भाडा मिनाह भएपछि भाडामा ब्यवसाय सञ्चालन गर्दै आउनुभएका ब्यवसायीहरुले आर्थिकरुपमा टाट पल्टिएको अवस्थामा घरबेटीले भाडा मिनाह गरिदिएपछि आफुहरुलाई राहत भएको बताउनुभयो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले बन्दाबन्दीको समयमा घरभाडा मिनाहका लागि पहल गर्दै आई रहेको छ ।

संघको पहलमा यूनिक टेलर्स एण्ड बुटिक, यूनिक अण्डा रोल र माँ दुर्गा इलेकिट्रकल्सले संयुक्त आयोजनामा घरबेटी हाजी इम्तियाज अहमद हल्वाई र हाजी सव्वीर महमूद हलवाईलाई खादा ओढाएर सम्मान गरिएको छ ।

सो कार्यक्रम यूनिक टेलर्स एण्ड बुटिककी सञ्चालिका द्रोपता वलीको अध्यक्षतामा सम्पन्न भएको थियो । घरबेटी हाजी इम्तियाज अहमद हलवाईले कोरोनाका कारण बिश्वब्यापी रुपमा आर्थिक समस्या भएको भन्दै भाडामा बस्नेहरुलाई बन्दाबन्दीका समयमा समेत आफुल सक्दो सहयोगको आश्वासन दिएको स्मरण गर्नुभयो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष शालिकराम नगबागले ब्यवसायीको समस्या बुझेर घरभाडा मिनाह गरिदिएकोमा घरबेटीलाई धनयवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा संघका बाँके सचिव मोहम्मद मोहसिन हलवाई लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »