सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो चीनसग अन्तिम सम्झौता,जीटूजी प्रक्रियामार्फत ल्याउने तयारि

काठमाडौं । नेपाली सेनाले जीटूजी प्रक्रियामार्फत चीनबाट ३ सय ४० टन स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि आइतबार (आज) चीनसँग अन्तिम सम्झौता गरेको हो ।

सम्झौता अनुसार ३ सय ४० टन स्वास्थ्य सामग्री आउने बताइएको छ । सम्झौतामा आज हस्ताक्षर गरेर पठाइएको र उताबाट पनि हस्ताक्षर हुने जानकारी गराइएको छ। स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको छ। सम्झौताअनुसार ३ सय ४० टन स्वास्थ्य सामग्री आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

नेपालबाट पैसा पठाएको एक साताभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनिया पक्षबाट भएको बताइएको छ । सोमबार पैसा पठाउने तयारी भइरहेको बताइएको छ । चीनबाट आउने स्वास्थ्य सामग्रीको मूल्य सोमबार मात्रै थाहा हुने उनले बताए। सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।

‘आज सम्झौतामा हस्ताक्षर गरेर पठाइएको छ। उताबाट पनि हस्ताक्षर हुन्छ। अब रकम पठाउने काम मात्रै बाँकी हो,’ पाण्डेले भने, ‘हामीले पैसा पठाएको सात दिनभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनियाँ पक्षबाट भएको छ। सम्भवत सोमबार हामीले पैसा पठाउँछौं।’ पाण्डेका अनुसार पहिलो चरणमा अत्यवश्यक सामग्री आउने छ।

३ सय ४० टन स्वास्थ्य सामग्री एकै पटक ल्याउन सम्भव नभएकाले विभिन्न चरणमा ल्याउन लागिएको हो । उक्त सामग्रीहरु व्यापारिक शहर ग्वान्जाओ ल्याइने र त्यहाँबाट नेपाल सरकारले नेपाल ल्याउने बताइएको छ ।

यसैबीच स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ। वैशाख ५ गते गरिएको सम्झौताअनुसार दुई साताभित्र ती सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले सेतोपाटीलाई जानकारी दिए।

कतिपय स्वास्थ्य सामग्री आइसकेको पनि डोटेलले बताए। उनले जि-टु-जी मार्फत नेपाली सेनाले ल्याउन सक्ने स्वास्थ्य सामग्री र आवश्यकताको आधारमा सम्झौता गरिएको जानकारी दिए। स्वास्थ्य सामग्री कति चाहिन्छ भन्ने अध्ययन गरेर सम्झौता गरिएको उनको भनाइ छ।

आफूसँग भएका सामग्री दिइसकेको र दिन बाँकी क्रमशः ल्याउँदै जाने र सम्झौताअनुसार दिँदै जाने ओम सर्जिकलका कार्यकारी निर्देशक दलबहादुर भण्डारीले बताए।

ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »