सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ । २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »