सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

४ जना गर्भवती र एक शव सहित साउदी अरबबाट १ सय ५७ जना नेपाल ओर्लिए

काठमाडौँ । साउदी अरबबाट १ सय ५७ जना नेपाली बोकेको पहिलो उडान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । जसमा ४ जना गर्भवती महिलासहित ८ जना महिला छन् । एक जनाको शव पनि छ ।

साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु शुक्रबार बिहान ७:३० काठमाडौं आइपुगेको हो । साउदीमा १० हजार जनाले स्वदेश फिर्न दूतावासमा आवेदन दिएका छन् ।

पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।

शुक्रबार काठमाडौं आइपुगेका कामदारको आरडीटीमार्फत परीक्षण गरिएको हो । साउदीले आरडीटी परीक्षणलाई मान्यता दिएको छैन । साउदीमा पीसीआरमार्फत परीक्षण गर्न १५ सय रियाल शुल्क लाग्ने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »