सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

४ लाख घुससहित काठमाडौं महानगर वडा नम्बर ३० का वडा सचिव पक्राउ

काठमाडौं । काठमाडौं महानगर पालिका वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो ।

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »