सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

५३ वर्षपछि युरोकप इटालीको पोल्टामा, इंल्याण्ड निराश

इटलीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर ५३ वर्षपछि युरोकपको उपाधि जितेको छ। वेम्वलीमा सोमबार बिहान सम्पन्न फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पराजित गरेको हो ।

इंग्ल्याण्डका बुकायो साकाको अन्तिम पेनाल्टी प्रहार गोलकिपर जियानलुजी डोनारुम्बाले बचाएपछि इटलीले खेल जितेको हो ।

उनले इंग्ल्याण्डका साका र जाडोन सान्चोको पेनाल्टी बचाए । इंग्ल्याण्डका मार्कुस रासफोर्डको प्रहार पोष्टमा लागेर फर्कियो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।

वेम्वलीमा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि पेनाल्टीसुटआउट निर्णायक बनेको हो ।

इटली एक भन्दा धेरै युरोकप जित्ने चौथो टिम बनेको छ । इटलीले यसअघि सन् १९६८ मा युरो जितेको थियो ।

जर्मनी र स्पेनले सर्वाधक ३-३ पटक युरो जितेका छन् भने फ्रान्स दुई पटक च्याम्पिएको भएको छ ।

इटलीले दोस्रो उपाधि जित्नका लागि ५३ वर्ष पर्खनुपर्‍यो । जुन युरोकप जित्ने टिमको सबैभन्दा लमो ग्याप हो ।

यस्तै इटली एकै युरोकपमा दुई पेनाल्टीसुटआउटमा विजयी हुने पहिलो टिम बन्यो । इटलीले सेमिफाइनलमा स्पेनलाई पनि पेनाल्टी सुटआउटमै पराजित गरेको थियो ।

Soccer Football – Euro 2020 – Final – Italy v England – Wembley Stadium, London, Britain – July 11, 2021 Italy players celebrate with the trophy after winning Euro 2020 Pool via REUTERS/Laurence Griffiths

इटलीका डिफेण्डर लियोनार्दो बोनुची युरोकपको फाइनलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने । उनले इंग्ल्याण्डविरुद्ध ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए । फाइनल खेल्दा बोनुची ३४ वर्ष ७१ दिनका थिए ।

युरो च्याम्पियन इटलीले अपराजित यात्रालाई ३४ खेलसम्म पुर्‍याएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »