सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंबाट कतार हुदै पेरिस उड्यो कतार एयरवेज

काठमाडौँ। कतार एयरवेजको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट फ्रान्सको पेरिसतर्फ उडेको छ। लकडाउनका कारण नेपालमा अलपत्र परेका ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडाैंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका हुन् ।

नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज शनिबार दिउँसो काठमाडौंबाट कतारको दोहा हुँदै पेरिसका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्।

काठमाडौंस्थित कतार एयरवेजका एक अधिकारीका अनुसार नेपालमा रहेको फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दाेहाबाट सोझै पेरिस जाने छ ।
‘दोहामा एक घन्टा इन्धन थप्ने, क्याटरिङ र सरसफाइ गरेर फेरि यही जहाज पेरिससम्मै पुग्ने छ,’ ती अधिकारीले भने । यसमा युरोप तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका र क्यानडा लगायतका देशका नागरिक छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् ।

यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भरेको छ। यो उडानमा रहेका यात्रुहरुले टिकटका लागि आफै रकम जुटाएका छन् भने फ्रान्स सरकारले केही रकम अनुदान पनि दिएको बताइएको छ । कतारपछि नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ। पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।

यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »