सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाग्लुङकाे काेराेना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट ”नेगेटिभ”

बागलुङ । जिल्लाको दोस्रो तथा नेपालको छैटौ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्टमा संक्रमण नभएको पाइएको छ।

कोरोना संक्रमण भए पछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ। चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा. पोखरेलले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »