सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम

काठमाडौं। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ। काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडाैका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताउनुभयो । साथै उहाँले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन्।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन शुरु गर्ने उनले बताए। ‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं,’ उनले भने, ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो।’

उनले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताए। ‘क्रमशः उमेर समूह झर्दै जान्छ । अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिकलाई दिन्छ,’ उहाँले भन्नुभयो । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहाँ नहुने उनले बताए।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उहाँले बताउनुभयो । १८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सकिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »