सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

८१ दिनपछि खुला गरियो जानकी मन्दिरको मूलद्वार, सर्वसाधारणको चहलपहल बढ्दो

जनकपुरधाम । झण्डै तीन महिनापछि लकडाउन खुकुलो भएसँगै आज ऐतिहासिक जानकी मन्दिरको मूलद्वार खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको केन्द्र एवं सय वर्षभन्दा पुरानो जानकी मन्दिरको मूल ढोका बन्द गरिएको थियो । मूल ढोका खुलेसँगै सर्वसाधारणको चहलपहल समेत बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिनपश्चात आजदेखि सर्वसाधारणका लागि खोलिएको हाे । कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मूलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहे पनि मन्दिरको मूलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको थियो ।

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलोपटक सर्वसाधारणका लागि मूलढोका ८१ दिनसम्म बन्द गरिएकाेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए ।

महन्थ दासले सामाजिक दूरीको पालना गराउनतर्फ स्थानीय प्रशासनले पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाईदिन जनकपुरधाम उपमहानगरपालिका सँग आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »