सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पक्राउ गरेको हो ।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।

बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बरामद मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ।

शनिबार र आइतबार बरामद गरिएको मास्क पनि गोयलले नै बढी मुल्य लिएर खुद्रा व्यापारीलाई बेचेको देखिएको छ। शनिबार र आइतबार पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा सतुंगलमा प्रहरीले छापा मारेको थियो। चीनबाट ल्याइएका मास्क ५२ लाख ५० हजारमा गोयलले बेचेको खुलेको छ।

काठमाडौंका साहयक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले प्रहरी र प्रशासनको संयुक्त टोली कलोबजारी विरुद्ध परिचालन भएको बताए। उनीहरु विरुद्ध कलोबजारीको ऐन २०३२ अनुसार अनुसन्धान गरेर मुद्दा चलाइने जानकारी दिए।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »