सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

९ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ४५३,टेकु अस्पतालबाट संक्रमित चार जना डिस्चार्ज

काठमाडौं। नेपालमा बिहीबार ९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »