सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योग कारबाहीमा

काठमाडौँ। मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारीले जानकारि दिए ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ुइन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनलु, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ुएड्भान्स ह्यान्ड स्यानिटाइजरु, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ुइन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेलु र सूर्यमुखी हर्बल प्रोडक्टको ुसूर्यमुखी ह्यान्ड स्यानिटाइजरु मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो । यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ ।

विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको ुइन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ु विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने कम्पनिको नाम सहित विवरण

भर्खरै

सम्बन्धित खबर

Language »