सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुलीकाे आह्वानः संस्कृति खाेज्न टुँडिखेलमा हाेइन अब गाउँमा आउनु

सिन्धुली। तामाङ भाषा, संस्कृति हाम्राे पहिचान , गाउँ-शहर गाउँशहरमा ल्हाेछार हाम्राे अभियान भन्ने मुला नाराका साथ सिन्धुलीमा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे नेपाल तामाङ साँस्कृतिक घेदुङ सिन्धुलीका अध्यक्ष निमा दोर्जे वाइवा (प्रकाश वाइवा)ले सारा खबरलाई जानकारी दिनुभएकाे छ ।

वृहत साँस्कृतिक र्यालीका साथ सिन्धुलीकाे रङ्गशालामा जम्मा भएका तामाङ समुदायले माैलिक भेषभुषाका साथमा डम्फु बजाएर परम्पराकाे झल्काे दिइरहेकाे थियाे ।

सिन्धुलीकाे संस्कृति र त्यहाँकाे तामाङ संस्कृतिकाे पहिचानलाई जीवित राख्नका लागि अायाेजना गरेकाे वृहत साँस्कृतिक कार्यक्रममा हजाराै तामाङ समुदायकाे उपस्थिति रहेका थिए ।

शनिबार सम्पन्न बृहत साँस्कृति कार्यक्रममा नेपाल तामाङ साँस्कृतिक घेदुङ सिन्धुलीका अध्यक्ष्य निमा दोर्जे वाईबा
(प्रकास)को अध्यक्ष्यता तथा नेपाल तामाङ घेदुङ भाषा लिपि तथा साहित्य प्रशिक्षण बिभाग प्रमुख काजिमान थिङको प्रमुख आतिथ्यता सम्पन्न भएकाे थियो ।

कर्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि नेपाल तामाङ घेदुङ भाषा लिपि तथा साहित्य प्रशिक्षण बिभाग प्रमुख काजिमान थिङले ल्होछार तामाङको मात्र नभएर राष्ट्रिय पर्व भएको बताउनु भयो । “नेपाल बहु सांस्कृतिक मुलुक भएकोले ल्होछार बहु सांस्कृति भित्रको एक हो” त्यसैले सोनाम ल्होछार नेपालको राष्ट्रिय पर्ब हो तामाङको मात्र भन्न मिल्दैन थिङले बताउनु भयो ।

बिशेष अतिथि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिले परिबर्तनले प्राप्त गरेको बहु संस्कृति मुल्य र मान्यता अनुसार स्थानिय सरकार कमलामाई नगरपालिकाले प्रतेक बर्ष सोनाम ल्होछारको अबसरमा २ दिन सार्वजनिक विदाको व्यबस्था गरेको बताउनु भयो । सो कार्यक्रममा सोनाम ल्होछार पर्वद्धनमा सहयोग पुराएको भनि कमलामाई नगरपालिकालाई सम्मान पनि गरीएको थियो ।

नेपाल तामाङ बिद्यार्थी घेदुङ ३ नं प्रदेसका अध्यक्ष्य अजय दोङले ल्हाछार पर्व पछिल्लो पुस्ताहरुले बिस्तारै बिर्सिरहेकाले सम्पुर्ण तामाङहरुले यसमा ध्यान दिनुपर्न बताउनु भयो ।

कर्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,जिल्ला प्रहरि कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देल लगायतका उपस्थिती रहेको थियो । तामाङ भाषा, सँस्कृति हाम्रो पहिचान गाउँघरमा ल्होछार हाम्रो अभियान भन्ने मुल नाराका साथ २८५६ जिवा ल्हो मुसा वर्ग सोनाम ल्होछार मनाइएको हो । तामाङ समुदायहरुको महान पर्ब सोनाम ल्होछार विशेष दिन ११ गते भएपनि यो महिना भरिनै मनाइने गरिन्छ । नेपाल तामाङ सँस्कृतिक घेदुङ सिन्धुलीले ल्हाेछार कार्यक्रमलाई सफल बनाउन सहयाेग गर्नुहुने कमलामाई नगरपालिका, कलाघर सिन्धुली र निर्माण व्यवसायी संघ सिन्धुलीको समन्वयमा कार्यक्रम भएको आयोजकले जानकारि दिएको छ । कार्यक्रममा लामा झाकि बोन्बोहरुको झाकि प्रदर्शन गरिएको थियो । तामाङ गायक फुल कुमार बम्जनको बेजोड प्रस्तुति रहेको थियो । तेस्तै कलाघर सिन्धुली र अन्य संघसंस्था र बिद्यालयहरुको तामाङ साँस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »