सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिडिया काउन्सिल विधेयक फिर्ता

काठमाडौं । राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ ।

विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको विधेयक आइतबारको बैठकबाट पारित गर्ने तयारी थियो । र समिति सभापति पर्शुराम मेघी गुरुङले समितिको प्रतिवेदन प्रस्ताव प्रस्तुत गर्ने र परीक्षाको विषय हटाएर पारित गर्ने योजना थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकको प्रतिवेदन छलफल गरी पारित गरियोस भन्ने प्रस्तावलाई झिकेको छ । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मिडिया काउन्सिल विधेयक पारित गर्ने विषयलाई कार्यसूची हटाउने प्रस्ताव गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »