सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काेराेना कहरकाे समयमा गेस्ट हाउसमा रम्न खाेज्दा प्रहरीकाे फन्दामा

भक्तपुर। दैनिक रूपमा काेराेना संक्रमितकाे संख्या वृद्धि भैइरहेकाे समाचारले सबैलाई त्रसित बनाइरहेकाे अवस्थामा थिमिकाे विभिन्न गेस्ट् हाउसहरूमा अनैतिक कार्य भैइरहेकाे जानकारी पाएपछि प्रहरीले छापा मार्दा १४ जनालाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त थिमिले अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेस्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको हाे।

ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेस्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेस्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिए।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »