सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महानगरको वडा १० शंखमुलस्थित केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष लाई चेक हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।

चेक हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेको बताउनुभयो । महानगरभित्र बिशिष्ट क्षेत्रमा योगदान पु¥याउने क्षमताका व्यक्ति हुनुहुन्छ । संघसंस्थाले काम गरिरहेका छन् । उहाँले थप्दै भन्नुभयो ”यस्ता व्यक्ति र संघसंस्थाको क्षमता बढाउन महानगरले सहयोग गरिरहेको छ । यससँगै हामीले स्वास्थ्य, शिक्षा र सामाजिक जीवनको स्तर उकास्न बिशेषज्ञ सेवाको क्षमता भएकाहरुसँग सहकार्य गरिरहेका छौं । ”

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको बिकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गर्नुभयो । हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवर्धनका लागि काम गरिरहेका छौं । यसैको बिस्तारका लागि महानगरले ३ करोड रुपैयाँ आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुनेथियो, अध्यक्षले सभामा आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौत्तम बुद्धको आदर्श बिश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गर्नुभयो ।

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »