सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश सरकारले गरेका कामको प्रचार गर्न सञ्चार माध्यमले कञ्जुस्याईं गरेः मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश १ को प्रदेशसभाको पाँचौ बैठक बिहीबार सुरु भएको छ । प्रदेशसभाको बैठकमा संबोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको प्रचार गर्न सञ्चार माध्यमले कञ्जुस्याईं गरेको बताए ।

उनले प्रदेश सरकारको काम भन्दा पनि नराम्रा विषयलाई प्राथमिकतामा राखेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाए ।

‘सरकारले यो बीचमा धेरै राम्रा काम गरेको छ, तर मिडियाको ध्यान सरकारले गरेको राम्रा काम भन्दा अन्यत्रै छ । मिडियाले पनि यी कुरालाई हाइलाइट गर्न चाहँदैन, बरु उल्टै सरकारले केही गरेन, गति नै छैन, अलमलिरहेको छ, केही नै गर्न सक्दैन भन्ने कुरालाई मात्र हाइलाइट गरिरहेको छ’ उनले भने ।

आफूहरु कसैको कृपा वा चिठ्ठा परेर नभई काम गर्न आएको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकार सफलतापूर्वक अघि बढिरहेको जिकिर गरे ।

प्रदेश सभाको पहिलो बैठकमा सांसदहरुले प्रदेशको नामाकरण टुंग्याउनुपर्ने विषय उठाए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलको नेता बिष्णुमाया तुम्बाहाङ्फेले जातिय पहिचानलाई निमिट्यान पार्ने गरी प्रदेशको नामाकरण गरे मान्य नहुने चेतावनी दिइन् ।

संघीय समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले दलहरुले विगतमा उठाउदै आएका जातीय पहिचानको एजेन्डा सम्झिएर अहिले प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।

नेपाली काग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगबाट मुद्दा दायर गरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »