सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

14th पिक आराेहणका लागि सर्मिला स्याङ्तानलाई प्रदेश सांसद छिरिङ दाेर्जे तामाङकाे सहयाेग

काभ्रेली चेली सर्मिला स्याङतान एक साहसी पर्वताराेही नारी हुन् । उनी अहिले १४ पिक हिमाल आराेहणकाे तयारीमा जुटेकी छिन् ।

मे २२, २०१९ मा विश्वकै सर्वाेच्च शिखर सगरमाथाकाे सफल आराेहण पछि अहिले विश्वका ८ हजार भन्दा अग्ला १४ हिमालहरू आराेहणकाे तयारीमा लागेकी पर्वताराेही सर्मिला स्याङ्तानलाई प्राेत्साहन स्वरूप बाग्मती प्रदेश सभाका सांसद छिरिङ दाेर्जे तामाङले एक महिनाकाे तलब सहयाेग गर्दै सफलताकाे शुभकामना दिनुभएकाे छ । साेही क्रममा ठमेल पर्यटन बिकास समितिका उपाध्यक्ष गीता गुरूङले पनि रू २५ हजार सहयाेग गरेका छन् ।

विश्व नारी दिवसकाे अवसरमा आयाेजित एक भेटघाट कार्यक्रममा बाग्मती प्रदेशका सांसद तामाङले आर्थिक सहयाेग गरेका थिए।

तामाङ समुदायमा सर्मिला तामाङ सामान्य नारीकाेरूपमा मात्र चिरपरिचित छैनन् । उनले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएकी छिन् । हुन त उनकाे पहिलाे सगरमाथा अाराेहणकाे क्रममा केही सामान्य विवाद रहे तर उनले हिक्मत हारिनन् । दाेस्राे पटकमा उनले सगरमाथ अाराेहण गरेर नै छाडिन् जसले गर्दा पनि उनलाई साहसी नारीका रूपमा सम्मान गर्ने गरिन्छ र चिनिन्छ । त्यसपछि पनि उनले निरन्तररूपमा विभिन्न देशमा रहेका हिमालहरूकाे सफल अाराेहण गरि रहिन् । याे पनि उनकाे साहसिक कदम एवं कार्य नै थियाे । असफलता नै सफलताकाे खुड्किला हाे भन्ने कथनलाई उनले प्रमाणित गरेर देखायाे ।

अहिले उनी ८ हजार भन्दा माथिका १४ वटा हिमाल अाराेहणकाे तयारीमा जुटिरहँदा विभिन्न संघ-संस्थाहरूले सहयाेगका हातहरू बढाइ रहेका छन् ।

उनकाे याे अभियानमा नेपालकाे अन्नपुर्ण,कञ्चनजंगा, मकालु, चाेयु र ल्हाेसे अनि चिनकाे सिसापाङ्गमा र पाकिस्तानमा रहेकाे नांगापर्वतहरू जी १ जी २, माउन्ट केटु र ब्राेड पिक रहेका छन् भने सगरमाथा र मनास्लुकाे सफल आराेहण गरिसकेका छन् ।

२०२० काे मार्च अन्तिमबाट उनले अन्नपुर्ण हिमालबाट याे अभियानकाे थालनी गर्ने संवादका वहाँले क्रममा जानकारी दिनुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »