सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनेरास्ववियूले २५ औं जनयुद्ध दिवसको अवसरमा बेलुन उडाए

काठमाडौं । नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवसको अवसरमा काठमाडौंमा बेलुन उडाएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट ‘२५ औं जनयुद्ध दिवस जिन्दावाद’ लेखिएको ब्यानरसहित बेलुन उडाइएको हो ।

कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

अनेरास्ववियूले फागुन १ गते देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ ।

यसैक्रममा अनेरास्ववियू केन्द्रीय समितिको आयोजनामा बिहीबार साँझ पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको नेता बस्नेतले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »