सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चौंरीदेउराली गाउँपालिका साक्षर घोषणासँगै काभ्रे जिल्लाका सबै स्थानीय तह साक्षर घाेषणा

काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमको प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक कार्यक्रमकाबीच साक्षर गाउँपालिका घोषणा गरिएको हो । यस सँगै काभ्रेको सबै स्थानीय तह साक्षर घोषणा भएको छ । चौंरीदेउराली गाउँपालिका जिल्लाको अन्तिम साक्षर घोषणा भएको गाउँपालिका हो ।

‘चौरिदेउराली गाउपालिकाको आव्हान, पूर्ण साक्षर र निरन्तर शिक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साक्षर घोषणा भएको थियो ।
कार्यक्रममा साक्षर गाउँपालिका घोषणा गर्न प्रस्ताव राख्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शिक्षामा आमूल सुधार गर्न गाउँपालिका लागिपरेको बताए । नेपालमा १० वर्षे जनयुद्धको शुरुवात भएको दिन साक्षर गाउँपालिका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको अध्यक्ष गौतमले बताए ।

कार्यक्रममा गौतमले विद्यार्थी अभावका कारण विद्यालय मर्ज गरिएको जानकारी दिए । ‘हामी निर्वाचित हुँदैगर्दा यस गाउँपालिकामा ५९ वटा विद्यालय थियो । अहिले ३८ वटा बिद्यालय छन् ।’ उनले भने, ‘विद्यार्थीहरुको अभाबले बिद्याालय समायोजन गर्न बाध्य भयौ । प्राबिधिक धारको एउटा र प्राबिधिक शिक्षालय ३ वटा रहेको छ ।’

यस गाउँपालिकामा ११ माबि र एक क्याम्पस रहेको गौतमले जानकारी दिए । साक्षर गाउँपालिका घोषणा गर्न सहयोग गर्ने विभिन्न व्यक्ति, संघ।संस्था, सरोकारवाला निकायलाई उनले धन्यवाद दिए । कार्यक्रममा मन्त्री पोखरेल समक्ष अध्यक्ष गौतमले नर्सिङ क्याम्पस सन्चालनको प्रस्ताव राखेका थिए ।

साक्षर घोषणा कार्यक्रममा चौंरीदेउराली गाउँपालिका शिक्षा शाखा प्रमुख महानदास लामाले गाउँपालिका भित्रको साक्षर अवस्थाकोबारेमा जानकारी दिएका थिए । उनका अनुसार गाउँपालिकामा ९६।८३ प्रतिशत साक्षर भएको छ । ‘अब गाउँपालिकामा ६ सय १ जना मात्र साक्षर हुन बाँकी छ । अर्थात ३।७ प्रतिशत बाँकी छ ।’ शाखा प्रमुख लामाले भने, ‘निरन्तर शिक्षाको माध्यमबाट पुर्ण साक्षर गाउँपालिका बनाउने अभियानमा हामी छौं ।’

साक्षर घोषणा कार्यक्रममा चौंरीदेउराली गाउँपालिकामा अध्यापन गर्ने भूपू शिक्षकहरुलाई उनीहरुले पु¥याएको योगदानको कदर गर्दै मन्त्री पोखरेलले सम्मान गरेको थियो ।

यस अघि काभ्रेको तेमाल, रोशी, महाभारत, खानीखोला, भुम्लु, बेथानचोक गाउँपालिका र पनैती, धुलिखे, बनेपा, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका साक्षर घोषणा गरिसकेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »