सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विकास र सम्वृद्धि सोचेजस्तो गतिमा अघि नबढेको स्वीकारःअध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक परिवर्तन भए पनि विकास र सम्वृद्धि सोचेजस्तो गतिमा अघि नबढेको स्वीकार गरेका छन् ।

गोरखाको सहिद लखन गाउँपालिका ७ काउलेभँगारमा आयोजित प्रथम सहिद लखन थापाको १४३ औं स्मृतिसभामा शुक्रबार बोल्दै उनले तीन तहको शासन प्रणालीमा अघि बढ्न सहज नभएकाले विकास र सम्वृद्धिको यात्रा कठिन भएको तर्क गरे ।

‘मुलुकमा अहिले संघीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ । अहिलेको परिवर्तन पहिलाको जस्तो परिवर्तन होइन । सात सालमा राणा गयो, राजा आयो भने जस्तो पनि होइन ।३६ सालमा जनमत संग्रह भयो भने जस्तो पनि होइन । छयालिस सालमा पञ्चायत गयो, बहुदल आयो भने जस्तो पनि होइन । यो परिवर्तन भनेको झण्डै अढाइ सय वर्ष पुरानो शाहवंशीय निरञ्कुश सामन्ती व्यवस्थाको समुल अन्त्य र गणतन्त्र स्थापनाको नित्तान्त गुणात्मक परिवर्तन हो । एकात्मक शासन व्यवस्थाबाट संघात्मकमा शासन व्यवस्थामा भएको परिवर्तन हो । र यो समावेशी, समानुपातिक लोकतन्त्रको नित्तान्त नयाँ मोडल स्थापना गर्दैछौँ’, उनले भने ।

प्रचण्डले अघि थपे, ‘नयाँ बाटो बनाउन अलिकति अप्ठेरै हुन्छ । हिँडिराखेको बाटो हिँड्न सजिलो लाग्छ । नितान्त नौलो बाटो हिँड्दा कताकता ठीक ठाउँमा हिडेका छौं कि छैनौँ भनेको जस्तो पनि हुन्छ । हामीले थुप्रै ऐन बनाउनु पर्ने, कानून बनाउने पर्ने, संरचना बनाउनु पर्ने, कर्मचारी खटाउनु पर्ने, सुरक्षा निकायलाई पनि बिभिन्न तहमा विभाजन गर्नुपर्ने आदि कारणले हामीले चाहेको जस्तो गति आइसकेको छ जस्तो लागेको छैन ।’

अब विकासको गतिले नयाँ उचाइ लिने विश्वास दिलाउन चाहेको उनको भनाइ थियो । पूर्वाधार सम्बन्धी काम धेरै सहज बनाइसकेको पनि उनले बताए । साथै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइसकेको प्रचण्डले बताएका थिए । अब विकास र सम्वृद्धिको एउटा यात्रा तिब्र गतिमा अघि बढ्ने सोचाइ रहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »