सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेम दिवसमा काभ्रेकी चेली चन्चला दनुवारकाे कथा

काठमाडौँ ,काभ्रेकी चन्चला दनुवार राष्ट्रिय स्तरकी कराते खेलाडी हुन् । उनले हालै सम्पन्न सागमा कराते तर्फबाट रजत पदक जितेकी थिइन् । उनका श्रीमान नारायणकाजी राई जनपथ पुलिस फोर्समा कराते रेफ्रीको काम गर्छन् । अहिले दुवै जनपथ प्रहरीमा कार्यरत छन् ।

उनीहरुकाे प्रेम लडाइँ गर्ने खेलबाटै बस्यो।‘सधैं हुस् गूरु भन्ने र लडाइँ गर्ने गर्दा गर्दै मायामा परेकाे थाहा नै पाएनौं। दुवै एकै स्वरमा भन्छन्।’

०६५ सालमा कराते ट्रेनिङका बेला नारायणकाजी राईको नजर पर्‍यो चन्चलामाथि। बोल्न पनि पहिला त हिच्किचाहट हुन्थ्यो रे। बिस्तारै चन्चला नजिक गएर हाई भनेछन्। अनि बोलचाल सुरु भयो। फोन नम्बर साटासाट भयो।

प्रहरीको जागिरले घुमघामको समय मिल्दैनथ्यो। नारायण लजाउँदै भन्छन्, ‘मननै कब्जा गरिसकेपछि समयको के लाग्दो रहेछ र?’

श्रीमानका यी शब्दहरु सुनेपछि चन्चला मुस्काउँदै भन्छिन्, ‘विवाह अगाडि कोठा लिएर बस्थे तलब खासै हुन्थेन। त्यसबेला निकै सहयोग गर्नुभयो। विवाह अगाडि नै माया गाढा भयो।’चन्चलाले कराते खेल्न थालेको २० वर्ष भयो। उनी खेलेरै पुलिस फोर्समा आएकी हुन्।

उनीहरुले एक वर्ष लामो प्रेम सम्बन्धलाई २०६६ फागुन २५ गते विवाहमा परिणत गरे। विवाह अगाडि उनीहरुको दिनहुँ भेटघाट गर्ने स्थान थियो टुँडिखेलको मैदान। पुलिसमा कार्यरत भएपछि अनुशासनमा बस्नुपर्ने त्यसैले बाहिर जाने समय हुँदैनथ्यो। विवाह अगाडि प्रेम दिवसको दिन बेलुका डिनरका लागि बाहिर जाने गदर्थे। सर्प्राइज गिफ्टहरु निकै दिन्थे नारायणले चन्चलालाई त्यसबेला।

चन्चलाले सुरुमा त खुब भाउ खाइन अरे। प्रपोज गरेपछि लगभग १ महिनासम्म कुराएर राखिन् भन्छन् नारायण। यसको जवाफमा चन्चला भन्छिन्, ‘सुरुमा नै हुन्छ भनेको भए त उहाँको माया बझ्ने अवसर नै पाउँदिनथें होला नि !’

उनीहरु पहिलो पटक बाहिर घुम्न पशुपति गएका थिए। नारायणले दिदीको घर लगे पनि चन्चलालाई साथीको रुपमामात्र चिनाएका थिए।रङ्गशालाको खेलमा याद गरिराखेका थिए नारायणले चन्चलालाई। ‘समयसँगै माया बैगुनी नभइ नहुने जस्तो भयो ’ नारायणले हाँस्दै भने।

‘हामी पनि भ्यालेन्टाइन्स डे मनाउँछौं। हाम्रो मनाउने तरिका फरक होला तर प्रेमीको लागि दिन नै यही हो जस्तो लाग्छ। घुम्न जान्छौं, कहिले डिनरको लागि बाहिर रेष्टुरेन्टतिर पनि जान्छौं।’ चन्चला भन्छिन्।

खेलाडी भएका कारण अरुको जस्तो फुर्सदले प्रेम दिवस मनाउन पाउँदैनन्। खेल र जागिरबाट बचेको समय एकअर्कालाई दिन्छन्। माया भनेको आफैं हुँदो रहेछ। जति व्यस्त भए पनि माया गर्नलाई समय निकाल्नु पर्दैन।

चन्चलाले राष्ट्रिय खेलहरु खेल्न थालेको नै ११ वर्ष भयो। चन्चला आफूमाथि आउनुको मुख्य कारण नै श्रीमानलाई मान्छिन्। उनीहरुको बीचमा एक वर्ष उमेरको फरक छ। त्यही भएर पनि एकअर्कालाई बुझ्न एकदम सजिलो भएको उनीहरु बताउँछन्। एउटै कार्यक्षेत्र एउटै पेसा अनि चासो पनि खुब जमेको छ यिनीहरुको जोडी। अहिले छोरा निश्चान्त राईलाई हेरेर विगतका दिन सम्झन्छन्।

कान्तिपुर पत्रिका लागि नमिता दाहालले तयार पारेकाे समाचार

भर्खरै

सम्बन्धित खबर

Language »