सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकामा विष सेवानबाट एक महिलाको मृत्यु

तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटटारमा एक महिलाको विष सेवानबाट मृत्यु भएको छ । आज (मंगलबार) विहान ८ बजे उडुस मार्न राखेको मेटासिड खाएपछि १६ वर्षिय जेनिशा तामाङको मृत्यु भएको हो ।

स्थानीय काईली तामाङका अनुसार एम्बुलेन्सबाट अस्पताल ल्याउँदै गर्दा जेनिसाको बीचबाटैमा मृत्यु भएको थियो । ‘मैले उनको हातमा बोतल देखें । केको बोतल भनेर सोधें ।’ स्थानीय तामाङले भने, ‘जेनिसाले मलाई भनिन् ‘मैले विष पिएँ माईजु । अब म मर्छु ।’ भनेसी मैले थाहा पाएँ ।

जेनिसाकी श्रीमान अजय तामाङलाई आफूले काठमाडौं नजानु भन्दा नमानेको झोकमा विष सेवान गरेको बताइएको छ । ‘मैले किन विष खाको त भनेर सोधेका थिएँ ।’ काईंली तामाङले भनिन, ‘मैले बुढोलाई आज काठमाडौं नजानु भनेको नमानेकोले विष पिएँ भन्ने जवाफ जेनिसाले दिइन् ।’ जेनिसाको १४ महिनाको एक छोरा समेत रहेको छ ।

मृतक जेनिसाको बनेपा स्थित शिरमेमोरियल अस्पताल बनेपामा पोष्ट मार्टम पछि परिवारले शव जिम्ममा लिएका थिए । जेनिसाको आजै स्वयम्भूमा दहसंस्कार हुँदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »