सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई करोडको लागतमा छात्रा स्कुलको भवन निर्माण सुरु

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ सल्यानीबंगलामा छात्रा स्कुलको भवन निर्माण सुरु भएको छ ।

दुई करोडको लागतमा निर्माण हुन लागेको १८ कोठे भवनको बुधबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शिलान्यास गर्नुभयो ।

भवन निर्माणको शिलान्यास गर्दै प्रमुख राणाले भवनको यहि असारभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

छात्रा स्कुल र कलेज नेपालगञ्जका लागि एकदमै आवश्यक छ, प्रमुख राणाले भन्नुभयो,– यसलाई समयभित्रै भवन निर्माण गरेर स्कुललाई थप व्यवस्थित गर्ने सोचाई रहेको छ ।

उपमहानगरपालिकाले यसैवर्षदेखि छात्रा स्कुल संचालनमा ल्याएको हो । आधारभुत विद्यालय सल्यानीवंगलालाई उप–महानगरपालिकाले छात्रा स्कुलको रुपमा विकास गरेको हो ।

वडा अध्यक्ष मोहम्मद सफिक वेहनाले छात्रा स्कुल संचालनमा आएपछि नेपालगञ्जका मधेसी, मुस्लिम लगायत सम्पूर्ण बालिकाका लागि सहज भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका ईञ्जिनियर निमेष शर्माका अनुसार तीन तल्ले भवन निर्माणको जिम्मा जय दुर्गे शनिदेव जेभीले प्राप्त गरेको छ ।

दुईसय बढि विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० कक्षा संचालन गर्ने तथा प्राविधिक शिक्षा संचालन गर्ने तयारी गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »