सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा.ले शिक्षकहरूलाई काेभिड विरूद्धकाे खाेप लगायाे,

काठमाडौैँ । काभ्रेको तेमाल गाउँपालिकाले अशक्त वृद्ध, बृद्धाहरुलाई घर-घरमा पुगेर नेपाल सरकारले उपलब्ध गराएको वृद्ध भत्ता वितरण गरेका छन् भने अग्र पङ्क्तिमा बसेर काम गर्ने शिक्षकहरुका लागि कोभिड-१९ को पहिलो खोप पनि लगाएको छ ।

वडा नं १ देखी ९ सम्मका जम्मा ४३३ जना जेष्ठ नागरिकहरूलाई भत्ता वितरण गरिएको हो । जसमा वडा नं १ मा ८९ जना , वडा नं २ मा ४१ जना, वडा नं ३ मा ३० जना, वडा नं ४ मा ७ जना, वडा नं ५ मा १ जना, वडा नं ६ मा ३१ जना, वडा नं ७ मा ४५ जना ,वडा नं ८ मा ६४ र वडा नं ९ मा १२५ जेष्ठ नागरिक लाभान्वित भएका छन् । बाँकी अन्यन्त्र बसोबास गर्ने नागरिकको लागी भने गाउँपालिकाले सिटिजन्स् बैंकले चेकको व्यवस्था गरिदिने उपाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।

उपाध्यक्ष दुर्गामाया तामाङ आफैँ घर-घरमा गएर वृद्घ भत्ता वितरण गरेका थिए । गाउँपालिकामा अहिले एउटा मात्र बैंक संचालनमा रहेको छ । बैंकसम्म गएर वृद्घ भत्ता बुझ्न नसक्ने वृद्घ-वृद्घाहरुका लागि घर-घरमा पुगेर वितरण गरेको उपाध्यक्ष दुर्गामाया तामाङले सारा खबरलाई जानकारी दिनुभयो । यति बेला नेपालमा कोरोना महामारीको कारणले विद्यालयहरु बन्द छन् ।

नेपाल सरकारले विद्यालय संचालन गर्ने भनिएता पनि संचालनमा ल्याउन सकेको छैन त्यसकारण चीन सरकारले उपलब्ध गराएको कोभिड-१९ को पहिलो डोज तेमाल गाउँपालिकाले ४१ वटा विद्यालयमा कार्यरत शिक्षकहरुलाई खोप लगाएका छन् ।

गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङका अनुसार “नेपाल सरकारले विद्यालय संचालन गर्ने भनिरहेका छन् । यदि कुनै पनि शिक्षकहरुमा ज्वरो,रुघाखोकी देखिएमा पढ्न आउने विद्यार्थीहरुमा सर्ने सम्भावना हुने भएकाले हामीले पहिलो प्राथमिकतामा शिक्षकहरुलाई राखेका छौँ । त्यसपछि हामी क्रमशः सबैलाई खोप उपलब्ध गराउने छौँ । ”

तेमाल गाउँपालिकाको स्वास्थ्य शाखाको इन्चार्ज शिवहरी पाठक यसो भन्नुहुन्छ “यो खोप शिक्षकहरुका लागि नै भनेर हामीले विशेष पहल गरेर ल्याएका हौँ । अबको दोस्रो चरणमा हामीले तेमालमा रहेका जनताहरुलाई उपलब्ध गराउने छौँ । अहिले शिक्षकहरुलाई नै किन ? भन्ने प्रश्न उठ्न सक्छन् । विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले हामीले शिक्षकलाई पहिलो प्राथमिकतामा राखेका हौं ।

भर्खरै

सम्बन्धित खबर

Language »