सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सूर्यविनायक–जडिबुटी सडकखण्डमा नयाँ ट्राफिक नियम लागु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम लागु गरेको छ। महाशाखाले बस लेन अवधारणसहितको नियम ल्याएको हो।

‘उपत्यकाको सवारी आवागमनमा सहजता ल्याउन तथा सवारी दुर्घटना कम गर्ने उद्देश्यले सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधन दायाँ लेनबाट र निजी तथा साना सवारी साधन सधैं दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फागुन १४ गतेदेखि लागु गरिने भएको छ’, महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बनेको समितिको सुझावका आधारमा तत्काल यो सडकमा नयाँ नियम लागु भएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनले जथाभावी लेनको प्रयोग गरेर सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले हुँदा यस्तो नियम लागू गरेको बताए।

सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाई सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको
बताए।

भर्खरै

सम्बन्धित खबर

Language »