सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा विपद् लेखाजोखा तालिम सम्पन्न

नेपालगंज ,फागुन जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा ३ दिने विपद् लेखाजोखा तालिम आइतवार नेपालगन्जमा सम्पन्न भएको छ ।

डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत यस जिल्लामा संचालित आपत्कालीन प्रतिकार्यको लागि पूर्वतयारी कार्यक्रमद्वारा उक्त तालिम आयोजना भएको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विपद्बाट प्रभावित समुदायको सर्वेक्षण गर्दा स्थानीय तह, नेपाल प्रहरी र रेडक्रसको अनिवार्य सहभागिता हुने भएकोले विपद् आउनु भन्दा पहिला नै दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपशाखा, इलाका प्रहरी कार्यालय र स्थानीय तहका प्रतिनिधिहरु, बर्दिया, बाँके र सुर्खेतका जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजकर्तामा नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागकी कार्यक्रम संयोजक निरु प्रधान, सूचना प्रविधि विज्ञ दिपक दवाडी र नेरेसो लैङ्गिक तथा समावेसीकरण विभागकी कार्यक्रम अधिकृत पुष्पा खनाल रहनु भएको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी लगायतले तालिम उपलब्धी मूलक रहेको विचार व्यक्त गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »