निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

वासिङ्टन। कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय ६ पुगेको छ । त्यस्तै अमेरिकामा करिब ५ लाख २७ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ३१ हजार ४ सय २४ जना निको भएका छन्।

अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ४ सय ६८ को मृत्यु भएको छ। आइतबार बिहानसम्म इटालीमा संक्रमितको संख्या एक लाख ५२ हजार २ सय ७१ रहेको छ भने करिब ३२ हजार निको भएका छन्। त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ रहेको छ। त्यस्तै स्पेनमा संक्रमितको संख्या करिब एक लाख ६३ हजार रहेको छ। स्पेनमा कोरोना संक्रमणपछि निको हुनेको संख्या करिब ५९ हजार रहेको छ।

फ्रान्समा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। आइतबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ८ सय ५१ पुगेको छ। फ्रान्समा संक्रमितको संख्या एक लाख ३० हजार रहेको छ भने करिब २६ हजार निको भएका छन्।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा ३ हजार ३ सय ४६, चीनमा ३ हजार ३ सय ४३, जर्मनीमा २ हजार ७ सय ३६, नेदरल्यान्ड्समा २ हजार ६ सय ५३, टर्कीमा एक हजार एक सय एक, ब्राजिलमा एक हजार एक सय २४ र स्विजरल्यान्डमा एक हजार ३६ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार ५ सय ३ पुगेको छ। त्यस्तै करिब १७ लाख ७१ हजार संक्रमित हुँदा करिब ४ लाख निको भएका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले लकडाउन हटाए वा खुकुलो पारेमा घातक हुने चेतावनी दिएको छ। संक्रमण अझै पनि नियन्त्रणउन्मुख नभएकाले लकडाउन, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम गर्नुपर्ने डब्लूएचओले बताएको छ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »