निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

लुकेर उदयपुर छिरेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी

विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ । यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेस्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

र्‍यापिड टेस्टपछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोसी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा आठ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार बिहान काठमाडौं पठाइएको छ ।

शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भने, ‘नातागोता भेट्न भनेर ४/५ दिन अगाडि आएको भन्छन् । तर, वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।

उनीहरुले भने आफूहरू सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उदयपुर आएको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »