निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा लाख नाघ्यो, संक्रमित संख्या ९ लाख २४ हजार

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् (कोभिड- १९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आधा लाखभन्दा बढी पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५२ हजार १६८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र त्यहाँ १ हजार ९३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित ९ लाख २४ हजार ४०२ पुगेका छन् । शुक्रबार मात्र त्यहाँ एकैदिन हालसम्मकै बढी ३७ हजार ९६० नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । साथै १ लाख १० हजार ४३२ संक्रमित भने पूर्णरुपमा निको पनि भइसकेका छन् ।

त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २१ हजार २८३ पुगेकाे छ । शुक्रबार मात्र त्यहाँ ४२२ काे मृत्यु भएकाे छ भने ८ हजार १३० नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ७११ पुगेकाे छ ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख २ हजार १९६ पुगेकाे छ । त्यहाँ ५ हजार ६१७ जनाले ज्यान गुमाएका छन्, जसमा १८९ जनाकाे मृत्यु शुक्रबार मात्र भयाे ।

सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

तपाइको प्रतिक्रिया

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Language »