अध्यारोले बेसरी चिमोटेको रात

     –   जानुका धमला
त्यो उज्यालो मान्छेसंग अब कहिल्यै भेट हुने छैन भनेर अध्यारो सत्यले बेसरी चिमोटेको त्यो पहल । मैले कहिल्यै सोचेको थिइन निसाको अध्यारो रातहरु चिर्दै गर्दा उषामा चिरबिराउने कोकिल तिम्रो आवाज र भौतिक शरिरले यति चाडै छोडेर जान्छ र तिमीले शहिदको कोटामा आफनो नाम लेखाउछौ भनेर । तिम्रो क्रान्तिको आवाज नुवाकोट देखी सल्यानको अनकन्टार बस्तीहरुमा समेत तरंगित ध्वनी बनेर गुन्जीयो र त देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भयो ।
नुवाकोट जिल्ला क्रान्तिकारी किल्ला भनेर घोषर्णा गर्दे गर्दाको प्यारो मान्छे तिमी । २०३७ सालमा आमा माया देवी पौडेल र बुबा रामकृष्ण पौडेलको सन्तानहरु पाँच  दाजुभाई र चार दिदिबहिनी मध्येको साइलो सन्तानको रुपमा नुवाकोट जिल्लाको हालको बेल्कोटगढी नगरपालीका वडा नम्बर एघार अमारेमा जन्म भएको थियो तिम्रो ।
म क्रान्तिको कखरा सिक्दै गर्दा तिमी त मेरो लागि ठुलो नेता भैसेकेकी थियो । म तिमीलाई पार्वती पौडेल भनेर चिन्थे मैले तिम्रो नाम क.रक्तिमा भनेर थाहा पाएको निकै पछाडी मात्रै हो । तिमी आर्दश बहुमुखी क्यापस बटारको विद्यार्थी युनियनको नेता भएको बेलादेखी नै तिम्रो नामको चर्चा सुनेको थिए तर तिमी संग भेट भने भएको थिएन । जब तिमी संग भेट भयो नि तिमी मेरो लागि कहिल्यै पनि नेता भइनौ सबै भन्दा नजिकको साथी भयौ । हृदयको कुना कन्दराहरुबाट हरेक दुख सुख सबै भन्न सक्ने असल अभिभावक ।
मेरो जीबनको हरेका उतरचढाबहरुलाई तिमीले नजिकबाट नियालेकी थियौ । अहिले सम्झन्छु साच्चै तिमी बाँचेकी भए एक झमट मेरो प्यारो अभिभाबक संग  तिम्रो काखमा पिडाहरु रितिने गरी रुन्थे । हिजोको बलिदान संग सत्ता साटिय पछि हिजो लासको चा◊बाट सत्तामा पुगेकोहरुले समेत न त तिमी जस्तै हजारौ शहिदहरुलाई सम्झीय न त युद्धमा प्राणको बाजी लगाएर लडेका योद्धाहरुलाई नै । यहाँ यस्तै यस्तै भएको प्रिय नेता तिमीहरुको बलिदानको उपहास ।
 हिजो वर्गमुक्तिको निम्ती देखेको सपना आज दलालीकरणमा गएर टुंगियो । वगिर्य मुक्तिका सपनाहरु सत्ता संग साटियो हामी बाँचेकोहरु यस्ता भिमकाय दृश्यहरु हृदयभारी पिडा बोकेर हेर्न बिवस छौ । लाल गद्धारहरुको अगाडी इमान सधै बन्दकी हुनेरहेछ प्रिय ।
तिम्रो जीबनशैली जति सरल थियो क्रान्तिकारी बिचारमा तिमी तेती नै दृढ थियौ । तिमीमा वर्गदुश्मन प्रति तिव्र नै घृणा थियो । तिमीले रोपेको सुनगाभा फुलहरुले आज सुवास छर्ने भएका छन । तिमी दुश्मन सामु झुक्नु भन्दा निष्ठापुर्वक मुत्युवरण गर्नु पर्छ भन्ने मान्यता राख्थ्यौ । जिउंदो लाक्षी जीबन यापन गर्नु भन्दा आत्मसम्मान सहित मृत्यु गौरब हो भन्ने मान्यता तिमीले संगैको सहयात्राको क्रममा भनेको थियौं । चाउथेको क.सरोजको घरमा तिमीले सानो छोरी सुजिनालाईबोकेर  भनेकी थियौ क्रान्तिको लागि मेरो भौतिक शरिर बलिदान आवश्यक परयो भने म शहिद हुन तयार छु मेरो बाँकी अबिभारा छोरीले पुरा गर्छे साच्चै रक्तिमा तिमीसंग भेटदा तिम्रो छोरी अवोध थिइन आज तिम्रो र उसको बाबाको बलिदानको गाथा पढेर देश दुनियाँ बदल्ने सपना देखेकी छे तिमी जस्तै छे उ पनि अन्यय पटक्कै मन पदैन नी उसलाई पनि ।
आज तिम्रो हत्या भएको दिन तिम्रो सहादत स्मरण दिन नुवाकोट जिल्लाले एउटा क्रान्तिकारी महिला योद्धा गुमाएको दिन मैले प्रिय बिचार भावना मिल्ने म जस्तै विद्रोही स्वभावको साथी गुमाएको दिन देशले क्रान्तिकारी छोरीको रगतले माटो भिजाएको दिन,०६२ फागुन १६ गते छोरी सुजनाले आमाको काँख बाट बन्चित भएको दिन । तिम्रो जीबनसाथी क. गोकर्ण न्यौपाने क.गजेन्द्रले जीबनसाथी गुमाएको दिन । दुश्मनको घेरा तोडदा तोडदै तिमी शहिद भएको दिन । अहिले सम्झदा लाग्छ त्यो समय देश सिंगै बद्यशालामा परिणत भएको थियो ।
अहिले नुवाकोटमा तिमीले नेतृत्व गरेको क्रान्तिकारी महिला विद्यर्थी संगठन नाम मात्रैको छ । तेही पनि गुट र उपगुटमा बिभाजित छन । पाटीको नेतृत्व गरिरहेको नेताहरुलाई सोध्न मन छ हिजो रक्तिमाले संगठिनत गरेको संगठन र जनताहरु कहाँ छन ? रक्तिमाहरुको बलिदानबाट प्राप्त राज्यमा उनीहरुको योगदानको किन कदर हुँदैन ? रक्तिमाहरु त यो समाज र देशको लागि नमुना बन्नु पर्ने होइन भन्या ? कसले दिन्छ यसको जबाफ ? सबै अनुत्तरित नै छन प्रश्नहरु । कसैसंग छैन यसको उत्तर । हिजोको सहयोद्धाहरु अहिले सहिद र बेपत्ताहरुलाई अंशबन्डा लगाउदै छन । तिनीहरु सहयोद्धाको रुपमा त छन तर हिजोको वगिर्य मान्यता आत्मा र चिन्तन सहित छन की छैनन खोज्नै पर्ने छ । दलाल क्रान्तिकारी ठहरीय पछि त शब्द कोषमा भएको शब्दहरु सबै सकिने गरी गाली गर्न पर्ने रहेछ क्रान्तिकारी हुनको लागि अहिलेको परिबेशले तेही पुष्ठी गरेको छ । साच्चै प्रिय भुपिले भनेको जस्तै बाँच्न गार्रो छ मर्न सजिलो रहेछ ।
बलिदानको चुचुरोले प्राप्त सत्तामा नैतिकता बारे बिलाप गरिदै छ तर त्यो बिलाप भित्र कुनै नयाँ मार्ग चित्र भने छैन पश्चाताप सम्बेदना केही पनि छैन । आगामी दिनहरुमा नैतिकताको मापदण्ड यो वा त्यो केही पनि छैन । साच्चै हामी हाम्रै उपलब्धीको सिसाको घरमा बसीरहेका छौ नेताहरुलाई यो थाहा छैन की हामीलाई त्यो घरमा कसैले ढुंगाले हानीदियो भने आफै फुटेर सकिन्छौ भनेर ।
तिम्रो सहादतको समाचार रेडियोे गणतन्त्रले सुने सर्लाहीको चुरेमा थिए । नुवाकोटको पार्वती पौडेल क.रक्तिमा शाही सेनाको घेरा तोडदै गर्दा सेनाले हानेको गोलिबाट शहादत प्राप्त गर्नु भयो । नेपालाम दुइवटा सत्ता विद्ययमान थिए त्यो बेला रेडियो गणतन्त्र काभ्रे जिल्लाको ताराखसे लेकबाट प्रसारण हुन्थ्यो । युद्धको मैदानमा थिए दिन प्रतिदिन सहादतका खवरहरुले आक्रान्त भएको मन फेरी रोयो तिम्रो यादमा आक्रोशमा आँशु बगाए । अहिले सम्झन्छु जीबनको ३ दसक भन्दा त्यो ५ वर्षको निकै मुल्यवान र यादगर लाग्छ ।
 म तिम्रो राजनितिक जीबनको उम्दा सुभचिन्तक थिए ज्वालामुखी यात्राको सहयात्री पनि । एउटा आन्दोलनले पैदा गरेको आर्दश नैतिकता,सपना मार्गचित्रका नैतिकता नै बदल्ने आन्दोलनको नेतृत्व गरेको महिला नेता तिमी तिम्रो बलिदानलाई लालगद्धारहरुले कर्कष आवाजमा चिच्याएको पटक्कै सुहाएको महसुश गर्न सकिन मैले तेसैले म पनि सेन्टीमेन्टल हुन्छु प्रियमान्छेहरुको चिहान घारीको यादमा
जब पाटी मर्छ र गुट मौलाउछ अनि आफनो योग्यता क्षमता र दक्षताको अभ्यास गर्न पनि गुटकै मतियारको फुर्काे समाउनु पर्ने विवसता  एउटा राजनैतिक कार्यकताको जीबनमा चुनौति बनेर आइदिदोहेछ । संसारमा इतिहासको पानामा नाम त शाषकहले पनि लेखाएका छन सर्वहाराहरुले पनि लेखाएका छन । शाषकले पहेलो अक्षरले लेख्छन भने सर्वहाराहरुले रातो अक्षरले तिमी सर्वहारावर्गको लागि रातो मसिले इतिहासमा लेखिएको सफल नाम हो । तिमी सबै खाले दोष मुक्त भएर आफनो जिम्मेवारी पुरा गरेर अमर भयौ तर म बाँचेको मान्छे पलपल मरिरहेका छु । अहिलेको राजनितिक प्रवृद्धी देख्दा तिनीहरुको राजनैतिक ब्याख्या सुन्दा भावबेहोल हुन्छु ।
बिछोडको १५ वर्ष शब्दमा बयान गरेर के सक्थेर मैले तिम्रो बलिदानलाई ।  बलिदानलाई साक्षी राखेर भन्छु मेरो ब्यक्तिगत हित र स्वार्थको लागि तिमीहरुको इतिहास र नाममा राजनिति चाही गर्ने छैन । क.रक्तिमा तिमी प्रति लाखौं श्रद्धासुमन † लाखौं श्रद्धान्जली  ††

+ posts
Language »
%d bloggers like this: