नरैनापुर गाउँपालिकामा आगलागी प्रभावितलाई राहत वितरण


प्रहलाद विश्वकर्मा
नेपालगंज ,नरैनापुर गाउँपालिका वडा नं. १ सुइया गाउँमा सोमवार करिब ११ः३० भएको आगागागी प्रभावित परिवारलाई तत्काल नगद र गैरखाद्य राहत सामग्राी ६ घण्टा भित्र घटना स्थलमा नै पुगी वितरण गरिएको छ ।


जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एव. बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घटना स्थल पुगेको राहत वितरण टोलीमा सुरक्षा निकायका प्रमुख र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रभावित परिवारको स्थलगत सर्वेक्षणका लागि नेपाल प्रहरी, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाका जिल्ला विपद् प्रतिकार्य समुह (डि.डि.आर.टी.) का स्वयंसेवक परिचालन गरिएको थियो ।


स्थलगत सर्वेक्षण प्रतिवेदन अनुसार २२ घरपरिवारका ९४ जना पूर्ण प्रभावित भएका छन् भने ४ वटा गोठ जलेर खारानी भएको छ ।


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्रभावित प्रतिपरिवारलाई कम्बल २ थान, त्रिपाल १ थान, भाडा सेट, बाल्टी, कपडा सेटमा लेडिज धोती, मर्दना धोती, छिट, पाप्लीन, सर्ट र पैन्ट कपडा गरी ७ हजार ५ सयको दरले २२ परिवारलाई रु. १ लाख ६५ हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको नेरेसो गंगापुर उपशाखाका का.बा.सभापति शालिकराम साहुले बताउनु भयो ।

यसैगरी जिल्ला विपद् व्यवस्था समितिबाट प्रति परिवार रु. १५ हजारका दरले २२ घरपरिवारलाई नगद वितरण गरिएको छ ।

उक्त वितरण कार्यक्रममा बाँकेका प्र.जि.अ.रामबहादुर कुरुवाङ्ग, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयक अहमद शाह, जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, नेरेसो गंगापुर उपशाखाका का.बा. सभापति शालिकराम साहु, कोषाध्यक्ष विक्रम प्रसाद वर्मा, सदस्य विश्राम रैदास, सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

+ posts
Language »
%d bloggers like this: