नेकपा (एमाले) नेपाल समूहको १७ बुँदे निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ।

ललितपुरको एक होटलमा बुधबार सुरु भएको भेला बिहीबार १७ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको हो। नेता विष्णु रिजालका अनुसार दुई दिने भेला १७ बुँदे निष्कर्ष निकाल्दै सकिएको हो।

भेला सम्पन्न भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले १७ बुँदे निष्कर्ष सार्वजनिक गरेका हुन्। भेलाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीका निर्णय अस्वीकार गर्ने निर्णयसमेत गरेको छ।

‘भेलालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका विधान विपरितका सबै निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ’, रिजालले भने, ‘भेलाले १७ बुँदे निष्कर्ष निकालेको छ।’

भेलाले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले अध्यक्ष ओलीलाई आग्रह गरेको छ।

केपी ओलीबाट प्रतिनिधिसभालाई विघटन गरेर गरेको राजनीतिक अस्थिरता र पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रिय हितविरुद्ध अग्रसर हुन भेलाले सबैलाई अनुरोध गरेको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष ओलीको एकलकाटे र गुटगत प्रवृत्तिका विरुद्ध भेलाले महत्वपूर्ण छलफल गरेको बताए। फागुन २८ गतेपछि भएका सम्पूर्ण निर्णय फिर्ता लिनुपर्ने बटमलाइन भेलाको निष्कर्ष रहेको भट्टराईले बताए।

एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरु भएको हो। बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।

नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: