महामारीमा लूटमाथी लूट : सरकार मुकदर्शक

चुडा बहादुर खड्का ( मिलन)

 बागमती प्रदेश काठमाडौं ।

कोभिड १९ महामारी हैजा बिगत एक बर्ष देखि देखा परेका कारण पहिलो चरणको लकडाउनले नेपाली जनता सर्बसाधार दैनिक गुजारा चल्न छाडेपछि हातमुख जोड्न बन्द भएर तनावमा छ्न् ।

 सरकारी कर्मचारी उनीहरुको दैनिक रोजगार व्यवस्थित हुँदा हुनेर नहुने बिचमा देखासी मै रमाउदै व्यस्त भएका छ्न ।

बिगत एक बर्ष देखि बिश्व आतंकित हुदा नेपाल सरकार बाट जनतालाई सुबिधा दिन अनुमति लिएर नेपालमा सन्चालन भएका ठुला र निजि अस्पतालहरु आफुखुसी रेट्नै तोकेरकमाउ धन्दामा लागेकाछ्न ।

 मन्त्री देखि नेताहरु नेपाली जनातालाई स्वास्थ्यको बहानामा यो महामारीमा पनि माक्स , सेनिटाईजर र भ्याक्सिन बाहिर बाट सस्तो खरिद गरि कमिसन खाई महँगोमा जनतालाई उपभोग गर्न बाध्य बनाई कालोबजारी गरेकाछ्न ।

सर्बसाधारण कोरोनाले बिमारीहुदा न सरकारी अस्पताल, न प्राइभेट अस्पताल पुग्नै मुस्किल एम्बुलेन्स नै उपलब्ध नहुने यदि उपलब्ध भएर पुगिहालेमा अस्पतालमा भएका बेडहरु भरिभराउ भेल्टिलेटर र अक्सिजन औसधि उपचारको अभावमा छट्पटी छट्पटी मर्न बाध्य भएकाछ्न ।

सरकारले ७ प्रदेश घोषण गरे पछि स्थानीय सरकारमा बाट नेपाली जनता चरम मारमा परेकाछन। स्थानीय उत्पादन देखि बिक्रीवितरण सम्म महँगो कर लिने र जनताई सेवा सुबिधाका नाममा आफ्नो मनमानी ढाड्सेक्ने गरेकाछ्न। नगरपालिका , गाउँपालिका, वडामा आएको बजेट आफ्नो अनुकुल चरम भ्रष्टाचारले सिमा नाघीसकेको छ ।

आएको बजेट माफ्नो मनमानी खर्च पावर पहुचवालाले हैकम चलाउने र सेवा सुबिधा आफुले मात्र उपभोग गर्ने जनता टुलुटुलु हेर्न बाध्य भएकाछ्न।केन्द्रमा सभासद, मेयर , उप-मेयरले प्रयोग गर्दै आएका महँगा महँगा गाडीहरु जनताई आवश्यक परेको बेलामा बिरामी भएको अबस्थामा पनि प्रयोग गर्न नपाउदा बिरामी जनता बिबस हुन बाध्य भएकाछ्न।

कहाँ कस्को लागि राखिन्छ, अस्पतालका बेडहरु मन्त्री नेतालाई सहज उपलब्ध भै राज्यको ढुकुटी बाट उपचार हुन्छ ब्यपारी धनाड्य लाई मात्र सुरक्षित राखिएको छ अस्पतालका बेडहरु जो पैसामा बार्गेनिङ हुन्छ्न र सहजै मिल्छ ।

आम सर्बसाधारण पहिला अस्पताल पुग्नै गार्‍हो पुगिहालेमा खर्चको अभावमा तड्पी तड्पी अनाहकमा प्राणत्याग्नु परेको छ।

 कोरोना महामारीले लामो समय लकडाउन हुदा मजदुर सर्बसाधारण जिबन यापन गर्ने रोजगारी नहुदा रोगले भन्दा भोकले मर्ने भएका कारण आज सडकमा भौतारिन बाध्यभएका छ्न ।

यति नै बेला केही निजी अस्पतालहरु कमाउ धन्दामा लागेका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक सूचना नै प्रकाशित गरेर एक विरामीका लागि एक रातको ३० हजार शुल्क लिने जानकारी गरायो । अस्पतालमै छुट्टै क्याबिन छुट्याएर एक दिन त्यो क्याबिनमा बसेमा ३० हजारसम्म लिने जानकारी गराएर अस्पतालले आफ्नो मनपरीमा निर्धारण गरेको शुल्कलाई वैधानकिता प्राप्त गर्न खोजेको देखियो ।

त्यसैगरी ह्याम्स अस्पतालले त एक रातको ५० हजारसम्म शुल्क लिने सूचना निकाल्यो । यी अस्पतालले त सार्वजनिक सूचना नै जारी गरेर यो शुल्क लिने घोषणा गरेका हुन् । तर, एक रातको वेड चार्ज लाख बढी लिने अस्पतालहरु थुप्रै छन् । यिनलाई कसले नियमन गर्ने । सरकार कहाँ छ । कोरोना महामारीका बेला स्वास्थ्य सेवा सुलभ गराउनुपर्नेमा अति महङ्गो शुल्क निर्धारण गर्ने यी अस्पतालहरुलाई कसले कारवाही गर्ने । सरकारी निकायलाई त्यतातिर ध्यान दिन फुर्सद नै छैन । बरु, पचासौ हजार शुल्क लाने यी अस्पतालहरुसँग नियमन गर्ने निकायमा बसेकाहरु नै मिलेका चर्चा चलिरहेका छन् । उनीहरु जति कमाउनुपर्ने हो यहीबेला कमाउनुपर्छ भन्नेमा लागेका छन् ।

यो अस्तव्यस्त राज्यलाई व्यवस्थित बनाउन अब सबैले सोच्नैपर्दछ । सहनको पनि सीमा हुन्छ । अन्यायले, अत्याचारले सीमा नाघिसक्दा पनि त्यसका विरुद्ध आम जनता एक नहुने हो भने, आफ्नो भाग्य, भविष्य र वर्तमान लुटिदासम्म पनि नबोल्ने हो भने, अझै पनि लुटेराहरुको फुटाउ र राज गर भन्ने नीतिको भ्रममा लपेटिरहने हो भने बाँकी केही रहँदैन । यी कुराहरुलाई सबैले मनन गरौ ।

+ posts
Language »
%d bloggers like this: